५ साउन, काठमाडौं । जगदिश्वर पाण्डेपरराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकार नियुक्त भएका छन् ।
गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई साउन १ गतेबाट लागु हुने गरी परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
नुवाकोटको तादी गाउँपालिका–४ का पाण्डे अब परराष्ट्रमन्त्री शिशिर खनालको स्वकीय सचिवालयमा प्रेस सल्लाहकारका रूपमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । पाण्डे लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।





