काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवा (eSewa) बिच रेमिटान्स कारोबार सुरुभएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डन र ईसेवा(eSewa) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ई–सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेको ७,००० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ई–सेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ईसेवाखातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ई–सेवाखातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।
ई–सेवाबाट तपाँइले मोबाईल रिचार्ज,टेलिफोन,इन्टरनेट,बिजुली तथा खानेपानीको महशुल भुक्तानी , रिचार्ज , हवाइजहाज , बसको टिकट , स्कुलकलेजको शुल्क लगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामाहाल५५ वटा बंैक,६०,००० एजेन्ट र २० लाखभन्दा बढि ग्राहकरहेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।





