आर्थिक

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

१ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो ।

आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।