राजनीति

विश्वप्रकाश भावुकः भन्छन्, भूकम्पपछिको पुनःनिर्माणको लापरबाहीका कारण दर्जनौं बिद्यार्थी घाईते!

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भुकम्पले क्षती पर्याएको संरचण निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

भुकम्पमा नढलेका संरचनाहरुबारे पनि गहिरो संवेदनशीलता र सतर्कता अपनाउन जरुरी रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले भुकम्प प्रभावित संरचनाको निर्माणमा ध्यान नदिँदा मुलुकमा दुर्घटनाहरु घटिरहेको तर्फ सबैको ध्यानाकर्षन गराएका छन् ।

धर्मस्थलीमा बिधालय संरचना भत्कंदा ४२ विद्यार्थी घाइते र चाबहिलमा १ को मृत्युले दुखित तुल्याएको बताए । सबैको शिध्र स्वास्थलाभ कामना गर्दै कयौं कमसल संरचना र लापर्वाह ब्यवस्थापन प्रती सजगताको अपिल गरेका छन् ।

उनको ट्वीटः भुकम्पमा नढलेका संरचनाहरुबारेपनि गहिरो संवेदनशीलता र सतर्कता राखौं । धर्मस्थलीमा बिधालय संरचना भत्कंदा ४२ विद्यार्थी घाइते र चाबहिलमा । को मृत्युले दुखित तुल्याएको छ । सबैको शिध्र स्वास्थलाभ कामना गर्दै कयौं कमसल संरचना र हाम्रो लापर्वाह ब्यवस्थापनप्रती सजगताको अपिल गर्दछु ।