पु.समाचार

सडक दुर्घटनाको कमजोरीको विषयमा अध्ययन नै नगरी ओलीले ‘प्राविधिक निर्देशन’ दिनु गलतः डा आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले दलुर्घटनाको मूख्य कारण अध्ययन गरेरमात्र त्यसको कार्यान्वयनतिर प्रधानमन्त्री लाग्नु उचित हुने बताएका छन् । पार्टीका बौद्धिक नेता समेत रहेका विज्ञ आचार्यले प्राबिधिक कुरामा ठाडो निर्देशन दिनु उपयुक्त नहुने विचार व्यक्र गर्दै सडक दुर्घटनाका कारण सडक डिजाइन, सवारी साधन, चालक र नियमन लगायतका पक्षसँग जोडिएको हुने दाबी गरेका छन् ।

उनले सडक दुर्घटनाको बिषयमा अध्ययन नै नगरी ठाडो निर्देशन दिनु गलत प्रकृया भएको संकेत गरेका छन् । सिंधुपाल्चौकमा भएको सडक र्दुर्घटनामा १५ जनाको निधन भएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले संबन्धित निकायलाई सडिक दुर्घटना कम गर्न निर्देशन दिएको सोमबारको घटनाको प्रतिकृयास्वरुप डा आचार्यले उक्त सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘सडक दुर्घटनाका कारण सडक डिजाइन, सवारी साधन, चालक र नियमन लगायतका पक्षसँग जोडिएको हुन्छ। दुर्घटनाको कारणको मिहिन अध्ययनरअनुसन्धान गरेर सो को निष्कर्ष कार्यान्वयन गर्न सक्दा उल्लेख्य रुपमा दुर्घटनाको न्युनिकरण हुन सक्छ। प्रमले ठाडो प्राविधिक निर्देशनले दिनुको साटो यसो गरे कसो होला ?’