काठमाडौँ । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपाले केन्द्रीय समिति आगामी पुस २० गतेका लागि बोलाएको छ । पार्टी एकतापछि विभिन्न कारणले गर्दा पार्टीलाई अगाडी बढाउन नसकेकोले गर्दा पछिल्लो पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष पाएपछि पार्टी निकै सक्रिय भएको छ ।
आलोपालो सरकार चलाउने सहमति भएपनि केपी ओलीले सरकार नछाड्ने अडान लिएपछि प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिइएको हो । प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार पाएपछि विभिन्न एजेन्डाहरु माथि बारम्बार छलफल गर्दै आएको छ । त्यहि छलफलका लागि नेकपाले केन्द्रीय समितिको बैठक आगामी पुस २० गतेका लागि बोलाएको हो ।





