५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मिलेनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी) परियोजना ‘इण्डो प्यासिफिक रणनीति’ अन्तर्गत हो या होइन भन्नेबारे अमेरिकासँग बुझ्ने बताएका छन् ।
प्रचण्डले अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अंग बन्न नसक्ने र नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिटिभ्सको सदस्य भइसकेकाले इण्डो प्यासिफिकमा जान नसक्नेसमेत बताए । एमसीसी भने इण्डो प्यासिफिक अन्तरगत होइन रहेछ भने स्वीकार गर्नुपर्ने उनले बताए ।





