काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट लागू औषध कोकिन ६ केजीसहित ४ जना विदेशी नागरीक पक्राउ परेका छन् । बिमानस्थलको प्रस्थान कक्षको १ नं. स्क्रिनमा यात्रुहरुको झोला चेकजाँच गर्ने क्रममा क्याथे प्यासिफिकको फ्लाईट नम्बर KA 103 को उडानद्वारा काठमाण्डौबाट हङकङ जान लागेका बेलारुसका नागरीकहरु राहदानी नम्बर AB2712060हक वर्ष २१ को PAVEL VASILYEU र राहदानी नं.KH 2464426 वाहक वर्ष २१ कीALINA ALDOSHYNA ले साथमा ल्याएको सुटकेशहरु चेकजाँच गर्दा उक्त सुट्केश मध्ये Pavel Vasilyeuलेसाथमा ल्याएको रातो, निलो रंगको सुटकेशको भित्रि भागमा रहेको ४ वटा ज्याकेटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा भेटेका हुन् ।
बेलारुस नागरीक ब्ष्लिब ब्मियकजथलबले साथमा ल्याएको रातो रंगको सुटकेश भित्र रहेको ४ वटा ज्याकेटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको लागू औषध कोकिन ३ केजीगरी जम्मा ६ किलो कोकिनसहित पक्राउ परेका हुन् ।
उनीहरलाई तत्काल सोधपुछ गर्दा उक्त लागू औषध काठमाण्डौंको लाजिम्पाटमा रहेको होटल स्थित उक्त होटलको कोठा नं.३०४ वोलिभियन नागरिक Roberto Carlos
Merubia Mariace र Raul Zambrana Ordonez समेत पक्राउ परेका छन् ।





