पु.समाचार

काठमाडौंमा भर्खरै चिसो सुरु भएकाले अँझै बढ्ने सम्भावना छः मोसमविद

काठमाडौं । मुलुकभर तापक्रम घटेसंगै अत्यन्तै चिसो वढेको छ । मुलुकको तपाई जिल्लाहरुमा शितलहर संगै हुस्सुका कारण र हिमालि जिल्लाहरुमा बाक्लो हिँमपात हुँदा त्यहाका नागरीकको जिवन कस्टकर बनेको छ ।

अत्यधिक चिसो बनेपछि शैक्षिक संस्थाहरुपनि अवस्था हेरी बन्द हुने र सञ्चालनमा आउने गरेका छन् । त्यहाँका स्थानीय निकायको आग्रहमा अत्यधिक चिसो भएका बेला बिद्ययालय बन्द हुने गरेका छन् ।

यस्तै यता केन्द्रिय राजधानि काठमाडौंमा पनि चिसो बढेको छ । साथै तराईका जिल्लाहरुमा अत्यधिक बक्लो हुस्सु तथा कुहीरो लागेपछि दुर्घटनको उच्च जोखिम बढेको छ । चिसोका कारण बालबालिका तथा बृद्ध–बृद्धा वढी मारमा परेका छन् ।

साथै यताको मौसम द्दटवढ भैरहेको भएपनि माईनसमा भने नपुगेको मौसमविद बताउँछन् । मौसमविद् राजु प्रधानांगले आज काठमागौंको तापक्रम ३ दशमलब ५ डिग्री सेल्सियस पुगेको बताएका छन् जुन् हिजो ३ डिग्री सेल्सियस रहेको थियो ।

साथै उनका अनुसार काठमाडौंमा चिसो वढ्ने क्रम सुरु भएकाले अँझ वढ्न सक्नेछ । हिजो सबैभन्दा बढी चिसो जुम्लामा भएको थियो हिजो माईनस ५ डिग्री सेल्सियस तापक्रम रहेको थियो । त्यसपछि जोमसोममा माइनस १ दशमलब २ डिग्री सेल्सियस भएको छ । त्यसैगरी जिरीमा माइनस १ दशमलब ५ डिग्री सेल्सियस भएको छ ।

न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि हुने क्षेत्रमा जनकपुर ९१.२०, विराटनगर ९१०.४०, सिमरा ९११.५०, भैरहवा ९१२.२० र नेपालगञ्ज ९१०.५० डिग्री सेल्सियस रहेका छन् । मौसमविद् प्रधानांगले अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली भने नरहेको जनाए ।

तराई क्षेत्रमा सामान्य हुस्सु र कुहिरोको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।