पु.समाचार

कांग्रेस केन्द्रिय समिति बैठक पुनः सर्यो, पौडेलको उपस्थिती अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्य समितीको बैठक फेरी पनि सरेको छ । वरिष्ठ नेता पौडेल र पार्टीका सभापती देउवापक्ष बिच बिबाद कायमै हुँदा बस्न नसकेको बैठक पुस १० गते बोलाइएको भएपनि पुनः एक दिन पछि ११ गतेका लागि सरेको कांग्रेसे विज्ञप्ति मार्फत जनाएको छ  ।

उक्त बैठक ११ गते पार्टी केन्द्रिय कार्यालय ललितपुरमा दिउँसो १ बजे बस्ने गरी बोलाईएको छ । बिगत केही दिनदेखी १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने लगाएतका विषयमा अल्झिएसंगै बढेको बिबाद अँझै मिल्न नसकेको हो । सभापति देउवा र पौडेलबीच पक्षको बिचमा बिबाद चुलिँदै गएको हो ।

उक्त वैठकमा रामचन्द्र पक्ष आउने सम्भावना कम भएपनि सभापति देउवाले उक्त बैठक पुनः बोलाएका छन् । पटक–पटकको बैठक वहिस्कार गर्दै आएको पौडेल पक्ष आफनो अडानमा कायमै रहेको छ उता सभापती देउवा भने पेलेल रै जाने पक्षमा देखिएका छन् ।