पु.समाचार

जुम्लाको तापक्रम फेरि पनि झर्यो माईनसमाः कठ्याङग्रीय जुम्ला वासी

जुम्ला । जुम्लाको तापक्रम फेरी पनि माईनसमा झरेको छ । आज जुम्लाको तापक्रम माईनश ५ डिग्रि सेल्सियस मापन गरिएको छ जस्का कारण अत्धीक चिसो महशुस भएको बताईएको छ ।

अत्यधीक चिसो बढेपछी जुम्लाको जनजिवन नराम्रो संग प्रभावीत भएको छ । यस्तै यो सालमा सबैभन्दा कम तापक्रम पुष १ गते माईनस ७ दशलमव २ डिग्रि माफन भएको थियो । यस्तै जुम्लामा फेरी पनि भारी हिमपात भएको छ ।

बिगत केहीदिन देखी रोकिएको हिमपात तेस्रो पल्ट फेरी सुरु भएको हो । केहीदिनदेखी हिमपात हल्का भएको थियो । अत्यधीक हिमपात भएका कारण त्यहाँका नागरीकलाई निकै कठिन भएको छ । हिउँ पर्न थालेसँगै स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने त्यस क्षेत्रमा यातायात सेवा पनि अवरुद्ध भएको छ । यसैगरी हवाई यातायात ठप्प भएको छ ।

विगत केही दिनदेखी हिउँ, वर्षा र बादलले एक जुम्लावासिको जनजिवन प्रभावीत भएको छ । पर्याप्त मात्रामा हिउँ परेको भए पनि पटक पटक हिउँ परिरहँदा स्थानीयवासी दिक्क हुन थालेका छन् ।

मङ्सिर महिनामै झण्डै अढाइ फिट परेको हिउँ पग्लिन नपाउँदै पटक–पटक हिउँ परेपछि स्थानीयवासी हैरान भएका छन् । साथै भारी हिमपातपछि अत्यधीक चिसो बढेपछी सबैभन्दा वढी बालबालीका र बृद्ध–बृद्धाको स्वास्थ्यमा समस्था देखीन थालेको छ ।

रुघाखोकी तथा ज्वरोले उनिहरुको सताईएको कर्णाली स्वास्थ्य प्रतिष्ठानले जानकारी दिएको छ । यसैगरी हिमपातले सरकारी कार्यालयका काम प्रभावित हुनुका साथै विकास निर्माणका काम पनि ठप्प भएका छन् ।