आर्थिक

एनआइसी बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौ । एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकलाई Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै POS र QR मा प्रयोग गरि Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम ३ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरे । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् ।

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्नुहुनेछ जुन बैंकले आफ्नो ध्भदकष्तभ मा अध्यावधिक गरि राखेको छ ।