७ असार, काठमाडौं । हर्क साम्पाङको नेतृत्वको श्रम संस्कृति पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधि सहभागी नहुने भएका छन् ।
रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिनका लागि निम्ता गरेको थियो । संसदमा रहेका हरेक राजनीतिक दललाई रास्वपाले निम्ता गरेको हो ।
उक्त निम्तापछि साम्पाङले सामाजिक सञ्जालमार्फत रास्वपा महाधिवेशनमा जान नसकिने बताएका थिए । अहिले उनीमात्र होइन, उनको पार्टीका प्रतिनिधिसमेत नपठाउने निर्णय गरेका हुन् ।
अन्य पार्टीबाट भने प्रतिनिधिको रुपमा नेताहरु सहभागी हुन लागेका छन् । कांग्रेसका सभापति गगन थापा स्वयम उपस्थित हुने भएका छन् । एमालेबाट नेता प्रदीप ज्ञवाली र नेकपाबाट वर्षमान पुन सहभागी हुने तय भएको छ ।





