समाचार

गाँजा खेतीमार्फत नेपालीको आर्थिक अवस्था सुधार्न सकिन्छः महासमिति सदस्य शाह

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य ऋषिकेश जंग शाहले पार्टी कार्यकर्तालाई गाँजा खेतिको पक्षमा उभिन आग्रह गर्दै आएका छन ।

सल्यान जिल्लाका महासमिति सदस्य शाहले राप्तीमा माओवादी जनयुद्ध फस्टाउनुको मुख्य कारण गाँजा खेती प्रतिबन्ध पनि एक कारण भएको बताउदै आएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत “ बिपक्षीहरुले आजकाल नेपाली कांग्रेस भित्र बिचारको प्रतिस्पर्धा भनेको जय नेपाल मात्रै भएको आरोप लगाउन थालेको बताए ।

उनले नेपाली कांग्रेसका गाउँ इकाई देखि केन्द्र सम्मका नेपाली कांग्रेसका युवाहरू “ गाँजाको बैधानिकतालाई नेपाली कांग्रेसको राष्ट्रीय मुद्दा बनाऊन लाग्नु पर्ने पनि तर्क गरेका छन ।

गाँजा खेतिले जनताको समृद्धि हुन सक्ने महासमिति सदस्य शाहको बुझाई रहेको छ ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष समेत भैसकेका शाहले गाँजा खेतिले नेपालीको आर्थिक अवस्थालाई माथि पुर्याउने पनि बताउदै आएका छन ।