समाचार

बजारमा औषधि, मास्क, सेनिटाइजरहरु सहज आपुर्तिको व्यवस्थ गर्नुपर्छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्य सचिव यादव कोइरालाको प्रमुख आतिथ्यतामा कोराना भाइरस (कोभिड १९)का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

यस अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरुका सहज आपुर्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै यस प्रकोपबाट सुरक्षात्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ ।