काठमाडौं । कोरोना भाइरसले माहामारीको रुप लिइरहेको अवस्थामा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले संसद अधिबेशन रोक्न माग गरेका छन् ।
विश्वका विकसीत मुलुक युरोप अमेरीकाजस्ता देशहरुमा कोरोना भाइरस संक्रमणले धेरैको ज्यान लिइसकेको र विश्व नै त्रसित भएको अवस्थामा नेपाल सरकारले कुनैपनि किसिमको चासो नदेखाएको भन्दै उनले विहिवारको संसद बैठकमा बोल्दै कोरोना संक्रमणबाट बच्न संसद अधिवेशन र विध्यालय पठनपाठन तत्काल बन्द गर्न माग गरेका हुन् ।
उनले नेपालमा कोरोना भाइरस भित्रिने भयावह अवस्था रहेकाले भिडभाड र सभासमारोह गर्न बन्देज लगाउनुपर्ने बताए ।





