काठमाडौं । पछिल्लो समय मुलुकमा मास्कको अत्यधिक माग हुन थालेपछि व्यापारीहरुले कालोबजारी गर्न थालेका छन् । स्टक रहेको मास्कलाई लुकाएर बजारमा झनै मास्कको अभाव पार्न थालेपछि प्रहरीले सर्च अपरेशन नै चलाएर मास्क सहति व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ ।
विश्वभरी कोरोनाको संक्रमण फैलिएपछि चिकित्सकले मास्क लगाउन सुझाव दिय, मास्कको माग बढेको मौका छोपि व्यापारीहरुले मास्क अत्यधिक महंगोका बेच्नलाई कालोबजारी गरिरहेका छन् ।
आज बिहानै काठमाडौं प्रहरीले ६ बढी लाख सर्जिकल मास्क बरामद गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापा मारेर ६ लाख बढी थान मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज (सोमबार) बिहानै छापा मारीचन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क बरामद गरेको हो ।
बजारमा मास्कको कृतिम अभाव भइरहेका बेला कालो बजारीका लागि गोदाममा मास्क थन्काएर राखेको प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले करिब ६ लाख थान मास्क बरामद भएको बताए । उनले दुईजना चालकसहित ६ वटा ट्रक नियन्त्रणमा लिएको पनि बताएका छन् ।
थप अनुसान्धान भईरहेको प्रहरीले बताएको छ । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ । हिजो मात्रैपनि प्रहरीले लुकाईराखेको मास्क सहति व्यापारीलाई नियन्त्रणमा लिएको थियो ।





