समाचार

तत्काल खुलासीमा नाका बन्द गर्न अध्यक्ष थापाको सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ओली सरकारलाई तत्काल खुलासीमानाका बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले कोरोना प्रकोप नियन्त्रणमा सरकारकाले चालेका कदम स्वागत योग्य भएपनि भारतसंगको खुलनाकाबाट अनियन्त्रित आवतजावत भईरहेसम्म सरकारका प्रयास अपुर्ण र कमजोर हुने भन्दै यस्को आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले केही समयका लागी खुलानाका नियन्त्रण गर्न आग्रह गर्दै भारतले निर्णय गरेपछि मात्रै त्यस्को अनुकरण गर्ने बानि हटाउन माग गरेका छन् । यतीबेला छिमेकि देश भारतमा कोरोनाको संक्रमण तिब्ररुपमा फैलिएपछि विभिन्न राजनीतिक दलदेखी सबैले भारतसंगको खुलानाका तत्काल बन्द गर्न सरकारलाई आग्रह गर्दै आईरहेका छन् ।

कारोना निण्न्त्रणका लागि नेपाल सरकारले आफ्नो मुलुकमा मात्रै कडा व्यवस्था गरेरमात्रै नहुने भन्दै भारतदेखी हुने आवत– जावत केहि समयका लागि बन्द गर्न सबैले सरकारको ध्यानाकर्शण गरिरहेका छन् । यता सरकारले भने नाकाहरुमा त्यती कडाई गरेको देखिदैन ।

 

उनको ट्वीटः कोरोना भाईरस प्रकोप नियन्त्रणगर्न सरकारले चालेका कदमहरु प्रशंसनीय छ। तर, भारतसंगको खुलानाकाबाट अनियन्त्रित आवतजावत रहेसम्म सरकारका प्रयास अपूर्ण÷कमजोर रहनेछन् । त्यसर्थ, केही समयको लागि खुलासिमा नियन्त्रण गर्नुहोस् । भारतले निर्णय गरेपछि मात्र त्यसको अनुकरण गर्ने बानी नगरौं ।