काठमाडौं । आज देश लकडाउन भएको दोस्रो दिन । दिनभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, खानेपानी, बिजुली, ईन्टरनेट सेवा प्रदायक, आयाल निगम कर्मचारी लगायतका अत्यावश्यकीय क्षेत्रका बाहेक लकडाउनमा परेका छन् । कुनै स्थानमा लक डाउन उलंघन गर्ने क्रममा प्रहरीले सम्झायो त कतै कारबाही पनि गर्यो । यसैबीच कतिपय बच्चासँग, कतिपय बिरामी त कतिपय सडकमा प्रहरीले कारबाही गदै गरेका छन् । यसैबीचमा देशभर आज कस्ता कस्ता दृष्यहरु देखिए त? हेर्नुस् तस्विरहरुः
कालिमाटीमा ग्यासको लाइनमा सिलिन्डर राखेर प्रतिक्षारत ग्राहक ।
प्रहरी चेकिङ
सुनसान भक्तपुर
सुनसान देखिएको कैलालीको सीमावर्ती गौरीफण्टा नाका
भारतबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनमा राख्नुअघि स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी
तनहुँको बन्दीपुर गाउँपालिकामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्ष
लकडाउन’ को दोस्रोे दिन बुधबार सुनसान विराटनगरको कञ्चनबारी चोक
बबरमहलमा बुधबार सवारी पास लिनेको भीड
सर्वसाधारण मासुका लागि कुखुुरा किनेर घरतर्फ लाँदै
सप्तरीमा कोरोना संक्रमणको लागि क्वारेन्टईन आईसेलेशन निर्माण गर्दै नेपाली सेना
जाँच गर्दै ट्राफिक प्रहरी
विरामी श्रीमतीको स्वास्थ परीक्षण गराउनका लागि प्रतिक्षारत निरास मुद्रामा श्रीमान