३ बैशाख काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले अत्यावस्यक सवारी साधन सञ्चालनलाई मध्यनजर गर्दै ई–पासको व्यवस्था गरेको छ ।
नेपाल सरकारले कोरोना भाईरस नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन तथा जनजिवन सहज बनाउन प्रशासन कार्यालय काठमाडौंले सवारी साधनका लागि सवारी पास सम्बन्धम विभिन्न व्यवस्था गरेको छ ।
काठमाडौं प्रशासनले पहिले जारी सातदिने वा अन्य मिति भएपनि लकडाउन अवधिभरकालागि मान्य हुने हुँदा त्यस्ता प्रयोगकर्ताले नयाँ पास लिन नपर्ने जनाएको छ ।
अत्यावस्यक सवारी साधनका लागि मात्रै ई–पासको व्यवस्था गरेको हुँदा अनावस्यक रुपमा दरखास्त नदिई लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
यस्तै कसैलाई अत्यावस्यक सवारी अनुमती चाहिएमा ई–पासको व्यवस्था भएकाले विभिन्न विभिन्न दरखास्त दिन सकिने छ । यसको बारेमा विज्ञप्तिामा उल्लेख गरिएको छ,






