समाचार

काठमाडौं उपत्यकामा बिहानै मध्यम वर्षाः यस्तो छ दिनभरको मौसम पुर्वानुमान !

१८ बैशाख काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानै मध्यम खालको वर्षा भएको छ । यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ ।

पुर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य वाकी भूभाग मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।