२७ बैशाख काठमाडौं । नेपालमा कोरोना संक्रमीतको संख्या १ सय ९ पुगेको छ । आज मात्रै नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार आज (शनिबार) काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको सपकैयामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपामा कोरोना संक्रमीतको संख्या १ सय ९ पुगेको छ । संक्रमीत सबैको अबस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले नानकारी दिएको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै उपचारपछि निको हुनेको संख्या नेपालमा ३१ पुगेको छ । भने निको भएर पुनः संक्रमण देखिएपछि ३ जनालई अस्पताल भर्ना गरिएको छ ।





