पु.समाचार

नक्साअनुसारको निशाना छाप बनाउन संबिधान संसोधन प्रस्ताव गर्ने सरकारको निर्णय

९ जेठ, काठमाडौं । सरकारले सालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समेटेर बनाईएको नेपालको नक्सालाई समेटेर संबिधान संसोधन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरषद बैठकले संबिधानको अनूसूची ३ मा रहेको निशान छापको लागि सरकारले संबिधान संसोधन गर्नका लागि संबिधान संसोधन प्रस्ताव दर्ता गरेको हो ।

सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो ।

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

आज बसेको मन्त्री परिषद बैठकले लकडाउन र विदेशमा बस्ने लाई नेपाल फर्काउनेबारे भने कुनै निर्णय नगरेको बताईएको छ ।