खेलकुद

सोमबार स्थगीत एन्फा कार्यसमितीको आपतकालिन बैठक आज बस्दै

२ असार काठमाडौं । सोमबार स्थगीत एन्फा आपतकालिन बैठक आज दिउँसो बस्दै छ । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ उपस्थित नभएपछि सोमबारको वैठक आजलाई सारिएको थियो ।

कुनै एक सदस्य अनुपस्थित रहेपछि आपतकालिन बैठकको निर्णय लागु नहुने एन्फा विधानमा व्यवस्था छ । बैठक आज दिउँसो २ बजे ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बस्ने भएको छ ।

एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो । एन्फा महासचिव ईन्द्रमान तुलाधरले कार्यसमिति बैठकका लागि कुनैपनि एजेण्डमा उल्लेख नगरिएको बताका छन् ।