पु.समाचार

सप्तरीमा चट्यागं लागेर चार जनाको निधन

११ असार, सप्तरी । सप्तरीमा आज बिहानै चट्यागं लागेको चारजनाको निधन भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा ३० बर्षिया ललितादेवी यादव, ६० बर्षिया छेदी ठाकुर, २७ बर्षिया बेचन यादब, केसीलाल शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको एसपी कृष्ण प्रसाईले जानकारी दिए । मृतक दुई गाबिसका रहेको बताईएको छ ।