आर्थिक

बेष्ट फाईनान्सको २३ औं बार्षिक साधारण सभा सफलतापुर्बक सम्पन्न

असार १८, काठमाडौं । बेष्ट फाईनान्सको बार्षिक साधारणसभा आज काठमाडौंका सम्पन्न भएको छ । ०७५ ७६ सालको बार्षिक प्रतिबेदन पास गर्दै ०७६ ७७ को लेखापरीक्षक नियुक्ती गर्ने कार्य गरेको छ ।

फाइनान्सका अध्यक्ष अभीरध्वज प्रधानको अध्यक्षतामा सम्पन्न साधारण सभाले साधारण सेयरका तर्फका संचालक दीपक ढकाललाई बाँकी कार्यकालका लागि अनुमोदन गरिएको प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले बताए ।

कार्यक्रममा अध्यक्ष प्रधान र प्रमुख कार्यकारी अधिकृत अधिकारीले सेयर सदस्यहरुका जिज्ञासा र आगामी फाईनान्सको रणनीतिको बारेमा प्रष्ट पारेका थिए । बेष्ट फाइनान्सले दुईवटा फाईनान्स मर्ज भएपछि राम्रो काम गर्दै आएको आर्थिक क्षेत्रका जानकारहरु बताएको सुनिन्छ ।

२३ औं साधारण सभामा बिश्वब्यापी महामारीबाट आक्रान्त भएको समयलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम, माक्स अनिवार्य लगायतका नियमहरु लागू गरिएको स्पष्ट देखिन्थ्यो ।