०१ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महाममन्त्री डा शसाँक कोईराला र कोषध्यक्ष सीतादेवी यादबले संयुक्त विज्ञप्ती जारी गर्दै काँग्रेसलजे पछिल्लो समयमा गर्दै आएका बिभागहरु आफूहरुलाई मान्य नहुने बताएका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै विधि र पद्धति मिचेर हाल गठन भएका र भईरहेका उक्त विभागहरू अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एवं निर्वाचन आचारसहिता विपरीतका मनोनयन र नियुक्तिहरूलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुक साथीहरूलाई आह्वान गरेका छन् ।
नेताहरुले पार्टीको विधानको परिच्छेद १२ धारा ६० मा “पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकायहरू महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्नेछ” भन्ने वाध्यात्मक व्यवस्था छँदाछदै र तदनुसार हामीले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा–गराउदै विभिन्न विभागहरू अहिले आएर गठन गर्ने र सदस्यहरू मनोनयन गर्ने कार्य भईरहेकोमा हाम्रो घोर आपत्ति छ । साथै निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशाय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गंभीर ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वोधार्थ तथा कार्यार्थ दिईएको उक्त ध्यानाकर्षण पत्रमा सभापति देउवा पक्षलाई चेतावनी दिईएको देखिन्छ । केहीदिनदेखी सभापति देउवा समूहका केन्द्रीय समितिका बिभागहरुले बिभागीय समितिमा सदस्यहरु नियुक्ती गर्दै गरेका घटनाले पौडेल पक्ष देउवापक्षसँग क्रुद्ध बनेको छ ।





