राजनीति

पौडेलको कार्यकर्तालाई आग्रहः अब देउवा/पौडेलको नभन्नुस्, काँग्रेस/लोकतन्त्र/रुखको हुँ भन्नुस्

३ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताहरुलाई देउवा वा पौडेल गुटभित्र नलागी नेपाली काँग्रेस, रुख र लोकतन्त्रभित्र लाग्न आग्रह गरेका छन् ।

उनले पर्यटन सम्बद्ध संस्थाले गरेको एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेसभित्र ईमान्दार, क्षमतावान सदाचार भएका, निष्ठा भएका, स्वच्छ ईमेज भएका नेता कार्यकर्ता भएपनि पार्टीले विगतमा निर्बाचन हारेको भन्दै आगामी १४ औं महाधिवेशनमा काँग्रेसले राम्रो प्रजातान्त्रीक अभ्यासमा लाग्नुपर्ने बताएका छन् ।

नेता पौडेलले काँग्रेसबारे जनतामा नकारात्मक सन्देश गएको भन्दै त्यही कारणले काँग्रेसले विगतका निर्बाचनमा हार ब्यहोनुपरेको उनले जिधिर गरे । पौडेलले नत्र संबिधान बनाउनु पार्टी कार्यान्वयन गर्ने बेलामा किन कम्युनिष्ट पार्टीका हातमा गयो भन्दै प्रश्न समेत गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई धन्यबाद दिँदै बरिष्ठ नेता पौडेलले धेरैजस्सो समय काँग्रेसलाई शुद्धिकरण गर्न गुटबनदी अन्य गर्न देशभरका काँग्रेस कार्यकर्ता लाग्नुपर्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा तीन दर्जन अन्य पार्टीका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेको आयोजकले जनाएको छ ।