६ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा श्रावण ०२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई समितिले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नवनियुक्त गरेको छ ।
बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थिए । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवाप्रदानगर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए ।
त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे ।





