२९ साउन, काठमाडां । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकितमूल्य एकसय दरका तीन लाख कित्ता शेयर बराबर तिन करोड साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानो गौचरण, काठमाण्डौ मा आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनीभारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।





