आर्थिक

सुनको भाउ फेरी पनि ह्वात्तै बढ्योः तोलाको एक लाख नाघ्यो !

२ भदौ, काठमाडौं । सुनको भाउ फेरी ह्वात्तै पनि बढेको छ । पहिलो पटक ईतिहास रचेर तोलाको एक लाख नाघेको सुनको भाउ ओराली लागेको केहि दिनमै फेरी ह्वात्तै महंगीएको छ ।

आज सुनको भाउ तोलामा दुई हजार २ सय वढेर एक लाख ४ सय पुगेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जानकारी दिएको छ । अन्तराष्ट्रिय मुल्यमा आएको परिवर्तनले सुनको भाउ बढेको महासंघले जानकारी दिएको छ ।

सोमबार छापावाला सुनको कारोवार प्रतितोला ९८ हजार २ सय रुपैयँ थियो । तर आज मंगलबार उक्त भाउ मह्रगीएको हो । आज तेजाबी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ प्रतितोला तोकिएको छ भने चाँदिको भाउ १ हजार ३ सय ८० तोकिएको छ ।