आर्थिक

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा २० प्रतिशत छुट

२ भदौ, काठमाडौं । ज्योति विकास बैंक र सूर्या हेल्थ केयरबीच भाद्र २ गते मंगलबारको दिन बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट प्रदानगर्ने गरि सम्झौता भएको छ। सो सम्झौताअन्तर्गत ज्योति विकास बैंकको डेबिटकार्ड भएका ग्राहकहरुले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

सम्झौतापत्रमा ज्योति विकास बैंककोतर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थकेयरका तर्फबाट संस्थाका ल्याब मेनेजर श्रीप्रमोद कुमार यादवलेहस्ताक्षर गरेका थिए ।

काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविटकार्ड प्रस्तुतगर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन्। बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुटसेवाको लाभलिन सक्नेछन्। उक्त कुरा सूचना अधिकारी रामहरि आचार्यले बताएका छन् ।