१६ भदौ, काठमाडौं । पछिल्लो समय घटबढ रहेको सुनको भाउ फेरी उकालो लागेको छ । सुनको भाउ फेरी महंगीएर तोलाको झण्डै १ लाख पुग्नै थालेको हो ।
हिजो आइतबारदेखि निरन्तर बढेर सुनको मूल्य आज मंगलबार तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजोको तुलनामा ९सय रुपैयाँले बढेको हो । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
छापावाल सुनसँगै मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुन पनि आज तोलाको ९ सयले महंगिएर ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्यले ३ साताअघि १ लाख ३ हजार ५ सयमा कारोबार भएर रेकर्ड राखेको थियो । त्यसयता मूल्य घटेर ९५ हजार ४ सयसम्म झरेको थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा पनि ३० रुपैयाँको वृद्धि आएर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।





