१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको २ रुपैयाँ मुल्य बढाएको छ । आज बढाएको मुल्यपछि पेट्रोलको मुल्य १०७ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई ईन्धनको भुल्य भने समायोजन नगरिएको आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले विज्ञप्ती प्रकाशित गर्दै जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि नेपाल आयाल निगमले पेट्रेलियम पदार्थको मुल्य बढाउने गर्छ भने घटेको समयमा मुल्य घटाउनेगर्छ ।






