२१ भदौ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको Covid – 19 को संक्रमण परिक्षणका साथै अन्यगुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदानगर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग आज एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङप्रयोग गर्ने ग्राहकहरु, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम२५ प्रतिशत, र Covid – 19 को संक्रमण परिक्षण माअधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदानगर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।





