२३ भदौ, काठमाडौं । आजदेखी आगामि तिन दिनसम्म बैंकका सबै शाखाहरु खुल्ने भएका छन् । राजस्व संकलन गर्नका लागि नेपाल राष्ट्र बैंकले आजदेखी (बिहिबार) तिन दिनसम्म बैंक खोल्न दिएको निर्देशन अनुसार आज सबै बैंकका शाखाहरु खुल्ने भएका हुन् ।
बैंकले सोमबार सुचना जारी गर्दै राजस्व संकलन गर्ने शाखाका काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउण्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न यस्तो निर्देशन दिएको थियो । राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा खुला गर्नु पर्ने निर्देशन दिएको हो ।
अहिले निषेधाज्ञाले गर्दा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंकिङ सेवा प्रवाह गर्नका लागि बैंकहरुले सीमित कर्मचारीबाट सीमित शाखा कार्यालय सीमित समयका लागि सञ्चालन गरिरहेका छन् । मुलुकका विभिन्न जिल्लाहरुमा जारी निषेधाज्ञाकाबीच यसरी बैंकले यसरी कार्य गर्दैछन् ।
यस्तै सरकारले भदौ २५ गतेसम्म राजश्व तिरिसक्न करदातालाई भनेपछि बैंकका शाखाहरु खुला गर्न निर्देशन दिएको नेपाल राष्ट्रले जानकारी दिएको छ ।





