राजनीति

ओली र दाहालबीच छलफलपछि नेकपाले शनिबारका लागि बोलायो सचिवालय बैठक

१६ असोज, काठमाडौं । राजदुत लगाएत बिभिन्न महत्वपुर्ण नियुक्तिलाई लिएर पार्टीमा बिबाद देखिन थालेपनि सत्तारुढ नेकपाको सचिवालय बैठक भोली बस्ने भएको छ ।

आज नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकलम दाहालबीच भएको छलफलपछि भोली अपरान्ह ४ बजे सचिवालय बैठक बोलाउने सहमती जुटेको हो ।

बिहिबार नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकलौटि रुपमा अमेरिकी, बेलायत र दक्षीण अफ्रिकाका लागि नियुक्त गरेको भन्दै प्रचण्ड पक्ष असतुष्ट भएको छ ।

सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायतका सचिवालयका नेताहरू असन्तुष्ट बनेका हुन् ।

त्यही असन्तुष्टि जनाउन बालुवाटार पुगेका दाहालल सचिवालय बैठक बोलाउन माग गरेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न दाहाल बिहान १० बजे बालुवाटार पुगेको र दुई अध्यक्षबीच करीब एक घण्टा छलफल भएको नेकपा श्रोतले जानकारी दिएको छ ।