आर्थिक

माछापुच्छ्रे बैंकको २०–२० स्मार्ट योजना

२० असोज, काठमाडौं । स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० (ट्वेन्टी–ट्वेन्टी)स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंककाडेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो । उक्त अफर योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशतवा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्तगर्न सक्नेछन् । बैंकको २० औँ वार्षिकोत्सवको अवसरमा२० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागिभई क्यासव्याक प्राप्तगर्न ग्राहकहरुले क्यास ब्याक अवधिभर कम्तीमा २०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९ को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्नबैंकले उक्त२०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।
स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १५ सय बढी पिओएस मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।