३० असोज, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री सुनिल थापालाई कोरोना पोजेटिभ भई पाँच दिन देखी ह्याम्स अस्पतालमा छन् । १० दिन अघि कोरोना संक्रमण पुष्टी भएका तर ५ सिदन अघि अस्पताल भर्ना भएका थिए सुनिल थापा । आफ्नो निर्बाचन क्षेत्र धनकुटा गएर फर्किएपछि स्वाव दिएका थापादम्पतीमा कोरोना संक्रमण देखिएको थियो । उनको स्वास्थ्य अवस्थाको बिषयमा उनका छोरा सिद्धार्थ थापा यसो भन्छन्,
‘ हाम्रा आदरणीय वुवा र मामु दुवैजनामा दश दिन अघि कोभिड संक्रमण पुष्टि भएकोमा हाल स्वास्थ्यमा उल्लेख्य रुपमा सुधार भैरहेको व्यहोरा म सबैमा जानकारी गराउन चाहन्छु ।
पाँच दिन अघि ह्याम्स हस्पिटलमा भर्ना गरिएको मेरा वुवालाई हाल ज्वरो नभएको, खोकी न्यून रहेको र साधारण व्यायाम समेत शुरु गरिएको छ । अक्सिजन नदिईकन पनि उहाँको अक्सिजनको स्याचुरेशन, सन्तोषजनक तहमानै रहेको छ ।
मेरो मामुको अवस्था बुवाको भन्दा साधारण रहेको छ । उहाँमा थोरै ज्वरो र सुख्खा खोकि छ । तथापि कोभिड संक्रमण पुष्टिको छैठौं दिनमा वहाँको पूर्व सावधानीका लागि छातिको एक्सरे र रक्त परीक्षण गरिएको रिपोर्टले उहाँलाई निमोनिया नभएको र अन्य जटिलता केहि नरहेको पुष्टि भएको छ ।
हाम्रो अभिभावकहरुको बारेमा चिन्तित हुँदै यस कठिन घडिमा हामीसँग जोडिनु भएका सबैजनालाई हाम्रो सम्पूर्ण परिवारको तर्फबाट सधन्यबाद हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’





