आर्थिक

एघार अर्ब २० करोडको टे«जरी बिल बिक्री गर्ने राष्ट्रबैंकको निर्णय

२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये  सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।