पु.समाचार

सचेतक खाँणले फिर्ता गरे साँसदको दशैं भत्ता, काँग्रेसले आफ्ना साँसदलाई फिर्ता गर्न निर्देशन दिने संकेत

२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रमुख सचेतक बालकृष्ण खाँणले साँसदहरुले पाउने दशैं भत्ता फिर्ता गरेका छन् । प्रतिनिधि सभा साँसद रहेका नेता खाँणले एक विज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण मुलुक अस्तव्यस्त भएको भन्दै संसद सचिवालयलाई फिर्ता गरेको रकम जनहितमा उपयोग गर्न आग्रहसमेत गरेका छन् । नेता खाँणभन्दा अगाडी काँग्रेस युवा नेता तथा केन्द्रीय सदस्य गगन कुमार थापाले संसदले पाउँने दशैं भत्ताबापदको रकम फिर्ता गरिसकेका छन् । काँग्रेसका प्रमुख सचेतकसमेत रहेका युवा नेता खाँणले दशैंभत्ताबापतको रकम फिर्ता गरेपछि अन्य नेपाली काँग्रेसका प्रतिनिधि सभा तथा प्रदेश सभा साँसदहरुलाई दशैंभत्ता फिर्ता गर्ने दबाब श्रृजना भएको छ । फिर्ता गर्ने वा नगर्ने विवेकमा भरपर्ने भएपनि सासदहरुका सचेतकले फिर्तागरेपछि अन्यलाई दबाब छ । काँग्रेसले पार्टीका साँसदहरुलाई दशैंभत्ता फिर्ता गर्न निर्देशन दिनसक्ने संकेतिक रुपमा अनुमान राजनीतिक बृतमा लगाउन थालिएको छ । केन्द्रीय सदस्य धनराज गुरुगंले सचेतक खाँणलाई ट्वटीटरमार्फत बधाई दिँदै पार्टीका सबै साँसदबाट रकम फिर्ता गर्न निर्देशन दिन आग्रह गरिसकेका छन् । सचेतक खाँणलाई बिश्वभरका नेपालीबाट सामाजिक सञ्जालमार्फत बधाईका ओईरो लाग्न थालेको छ ।