राजनीति

धनराजको प्रश्न: साँसदहरुले दशैं भत्ता खाने तर जनताले परिक्षण खर्च आफैले ब्यहोर्ने ?

२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले कोरोना संक्रितले आजदेखि परिक्षणरउपचार खर्च आफैँले ब्यहोर्नु पर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले ट्वीट गर्दै आज सरकारले गरेको उक्त निर्णयको कडा रुपमा बिरोध गरेका हुन् । नेता गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षीत गर्दै भनेका छन्, ‘जनताको थाप्लोमा ऋणको भारी बोकाएर @PM_Nepal, मन्त्री र सांसदहरुले दशैं भत्ता खाने तर महामारीमा जनताले परिक्षणरउपचार खर्च आफैले ब्यहोर्ने? सरकार चलाउन नसक्नेले पार्टीकै सक्नेलाई छाडिदेऊ।’
नेता गुरुगंको ट्वीटः कोरोना संक्रितले आजदेखि परिक्षणरउपचार खर्च आफैले ब्यहोर्नु पर्ने सरकारको निर्णय आपत्तिजनक छ। जनताको थाप्लोमा ऋणको भारी बोकाएर @PM_Nepal,मन्त्री र सांसदहरुले दशैं भत्ता खाने तर महामारीमा जनताले परिक्षणरउपचार खर्च आफैले ब्यहोर्ने? सरकार चलाउन नसक्नेले पार्टीकै सक्नेलाई छाडिदेऊ।