३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसका साँसदहरुलाई २०७७ सालको दशैंभत्ताबापत दिएको भत्ता फिर्तँ गर्न निर्देश्न दिएका छन् । सभापति देउवाले संघीयमा ६३ र राष्ट्रिय सभामा ६ साासदलाई दशैंभत्ता फिर्ता गर्न सभापति देउवाले निर्देश्न दिएको काँग्रेस सचेतक बालकृष्ण खाँणले पुष्टी गरेका छन् । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र अर्का केन्द्रीय सदस्यसमेत रहेका साँसद गगनकुमार थापाले दशैंभत्ताबापदको रकम फिर्ता गर्ने निर्णय गरिसकेको अवस्थामा काँग्रेसबृत र बाहिरबाट काँग्रेस सभापति देउवालाई दशैं भत्ता फिर्ता गर्न दबाब परेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल, धनराज गुरुगंलगायतका नेताले एक एकमात्र नभएर काँग्रेसका सबै साँसदको दशैंभत्ता फिर्ता गर्ने निर्णय गर्न सभापति देउवालाई दबाब दिएका थिए । सामाजिक सञ्जालमार्फत काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकसहितले काँग्रेसमात्र नभएर सबै साँसदले दशैंभत्ता फिर्ता गर्नुपर्ने भन्दै चर्को रुपमा आवाज उठाईरहेका बेला काँग्रेस सभापतिले उक्त निर्देशन दिनु जनताको मन जित्ने राम्रो अवशर भएको मात्र नभई जनताप्रतिको न्याय भएको बिश्लेशकहरुले बताउन थालेका छन् । संसदीय दलका नेतासमेत रहेका देउवाले बैठक गरी निर्णय गराउन असम्भव भएकाले कोरोना माहामारीका कारण समस्या उत्पन्न भएका बेला भत्ता लिन नहुने जनभावना अनुसार निर्देशन दिएको र केहीबेरमा विज्ञप्ती नै निकाल्ने बताईएको छ । जनभावनाअनुसार पार्टीले निर्णय गरेकोमा नेपाल्ी जनता काँग्रेससँग खुशी भएको गफ चियापसलमा सुनिन थालेको सर्बसाधारणले बताउन थालेका छन् ।





