३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कम्युनिष्ट सरकारको विपरित मति भनेका छन् । उनले, ‘एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो? भन्दै कडा प्रश्न गरेका छन् । सरकारले सर्बसाधारणलाई कोरोनाको अर्च आफैं गर्नु भन्ने अभिब्यक्ती दिएपछि नेता पौडेल नेकपा नेतृत्वको ओली सरकारसँग आक्रोश ब्यक्त गरेका हुन् ।
उनको ट्वीटः कम्युनिष्ट सरकारको विपरित मति । एकातिर आफन्तलाई राज्यकोषवाट अन्धाधुन्द पैसा बाँड्छ, भत्ता बाँड्छ । अर्कोतिर जनतालाई आधारभूत स्वास्थ्य सेवा दिनबाट पन्छिन खोज्छ । यो के हो ?






