२१ कात्तिक, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेमा कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टी भएको पाण्डेले पुष्टी गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पाण्डेभन्दा अगाडी केन्द्रीय सदस्यहरु गगन थापा, मीन बहादुर बिश्वकर्मा, फमुल्ला मन्सुर, श्याम घिमिरेलगायतलाई कोरोना संक्रमण पुष्टी भईसकेको छ भने सुनसरी जिल्ला सभापति राजीव कोईाला र सचिव केदार भण्डारीलाई पनि कोरोना देखिएको छ । गगन थापा र मीन बिश्वकर्मालाई पछिल्लो समय गरिएको परीक्षणमा कोरोना जितेको पुष्टी भईसकेको छ भने अन्य नेताहरु आईसोलेशनमा उपचाररत छन् ।
प्रमुख प्रतिपक्षी दन काँग्रेसका नेता कार्यकर्ताहरु पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त भएका नेपाली जनताको सेवामा खटिएका कारण कोरोना संक्रमणको चपेटामा आफैं पर्नुपर्ने अवस्था आएको काँग्रेस कार्यकर्ताको दाबी छ । केन्द्रीय सदस्य पाण्डे पनि पछिल्लो समय कोरोना नियन्त्रण, रोकथाम तथा उपचारको कार्यमा आफ्नो स्थानबाट सकृय थिए ।






