२१ कात्तिक, काठमाडौं । नेकपाको बिबाद उत्कर्षमापुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दहालले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक राखेका छन्। तीन पुर्बप्रधानमन्त्री र दुई पुर्ब उपप्रधान एबम् गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य सहभागी बैठकमा बर्तमान गृहमन्त्रीसमेत रहेका रामबहादुरथापा भने उपस्थििति नभएको समाचार छ ।बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्य बामदेश गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित भएका भएका थापा भने उपस्थित भएनन् ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाका कुनैपनि बैठक नराख्नेर कुनै पनि बैठक डाकेमा आफू नमान्नेर आफू प्रधानमन्त्रीबाट कुनैपनि हालतमा राजीनामासमेत नदिने बताएपछि चिढिएका अध्यक्ष दहालसहितका नेताहरु पछिल्लो समयमा पुनः प्रधानमन्त्री ओलीलाई राजीनामा दिन बाधय बनाउने रणनीतिमा लागेका देखिन्छन् । नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई आ–आफ्नो बाटो लागौं भनेर अध्यक्ष ओलीले भनेपछि थप चिढीएका अर्का अध्यक्ष दहालले नेपाल र खनालसहितका सचिवालयका नेताहरुलाई समेटेर रणनीति तयार गर्न बैठक बसिरहेका छन् । बामदेब गौतम पछिल्लो समय अध्यक्ष ओलीसँग नजिकदेखिएका भएपनि आज भने दहालको समूहमा देखिएका छन । सचिवालयको अध्यक्ष दहालले बोलाएको बैठकमा गृहमन्त्री थापा नआएपनि पाँच सदस्य पुगेका छन् । जम्म ९ सदस्य रहेको सचिवालयमा ५ सदस्य भएमा पनि बहुमत भने पुग्छ । नेकपामा सचिवालयमा जम्म ९ सदस्य रहेकोमा ५सदस्यले स्पष्ट बहुमत पुग्ने देखिन्छ । पर्ख र हेरकोरणनीतिमा वा दोधारे राणनीतिमा देखिएका गौतमले अध्यक्ष दहाललाई साथ दिएमा नेकपाले अध्यक्ष ओलीको सहमती बिना नै नेकपाको केन्द्रीय समिति बैठक वा अन्य कुनै निर्णय गर्नसक्ने देखिन्छ। बामदेबले निर्णायक भूमिका खलेमा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमापर्न सक्नेसमेत देखिन्छ । पछिल्लो समय नेपाल, खनालसहितका नेताहरु प्रधानमन्त्रीसँग औपचारिकता पुरागर्न बाहेक पानीबाराबारको अवस्थामा भएको समाचारहरुले दाबी गरिसकेका छन् । रामबहादुर थापा पनि अन्य कुनै कारणले बैठकमा उपस्थित हुन नसकेको खुमल्टार स्रोतको दाबी छ। सचिवालय सदस्य थापा अध्यक्ष दहालले बोलाएका हरेक खुमल्टार बैठकमा उपस्थित भएका छन् ।





