२४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेकपाले दुईतिहाई मत पाएर पनि नेपाली जनताको मन जित्न नसकेको बताएका छन् । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवशरमा काठमाडौंमा आयोजीत कार्यक्रममा गणेशमान सिंहले लोकतन्त्रका लागि ६ दशकभन्दा लामो राजीनितक जीवनमा १५ बर्ष भन्दा बढी जेल बस्ने र १५ बर्ष भन्दा बढी निर्बासित हुनुपरेको स्मरण गरेका छन् ।
नेता सिंहले गणेशमानले राणहरुको समयमा १९९७ मा प्रजाप्ररिषदको सदस्य भएको भन्दै राणाहरुको आजाीवन कारावासको सजाय भोग्नुपरेको बताए ।उनले राणाहरुले थुनेको स्थानबाट भागेर भारतमा बस्नुपरेको दुःखद समय भएको बताउँदै राणाबाट प्रजातान्त्रीक बाटोमा ल्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको बताए ।
वीर गरेशमानले प्रजातन्त्र आएपछि कम्युनिष्टलाई पनि साथमा ल्याएर अगाडी बढ्ने प्रयास गरेको भन्दै गणेशमानले कम्युनिष्टको मनसमेत जितेको बताए । उनले राजनीति गर्नेले जनताको मन जित्नुपर्ने बताउँदै नेता नेताबीचमा नै बिश्वासको संकट हुने नेकपाको पछिल्लो बिबादको उदाहरण दिएका थिए । ०४६ सालको आन्दोलनपछि राजनीतिक क्रान्ती सकिएर आर्थिक क्रान्तीतिर लाने भन्ने गणेशमानको भनाई अहिले पनि नेपाली जनताको चाहना भएको बताए । उनले पार्टीभित्र निर्देशीकाअनुसार काँग्रेसले अगाडी बढ्नुपर्ने बताउँदै दुई महिनाभित्र गठन हुनुपर्ने बिभाग अधिवेशन हुनेबेलामा गर्ने, कृयाशील सदस्यता बितरण जस्ता कुराहरुमा नेतृत्वले सोच्नुपर्ने बताए ।
उनले संबिधान निर्माण नेपाली काँग्रेसले गरेको भन्दै नेकपाको झण्डै दुईतिहाई मतको सरकारले स्थीरताको सरकारको नारा दिएपनि अस्थिरताबाहेक हेही दिन नसकेर जनताको मन जित्न नसकेको बताए। कम्युनिष्ट सरकार जनताको म्याण्डेटअनुसार अगाडी बढ्न नसकेको बताए । उनले जनताले भ्रष्टाचार नचाहेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।





