राजनीति

महामारीका बेला जबरजस्ती फि उठाए बिद्यार्थीलाई बाध्य पारे आन्दोलन गर्ने नेविसंघको चेतावनी

२४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघले महामारीका बेला बिद्यार्थीसँग फि लिने कार्य गरेमा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौं बिश्व बिद्यालयले सूचना नै प्रकाशित गरेर फि उठाउँदा ४ बुंदे माग राखी अनशनि बसेका बिद्यार्थीलाई समर्थन गर्दै जायज मागहरु प्रति उदासिनता देखाएको खण्डमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ।
केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘काठमाण्डौ विश्वविद्यालयले कोरोना महामारीको कारण नियमित रुपमा पठनपाठन नभएको अवस्थामा पनि सामान्य अवस्थामा जसरी शुल्क बुझाउन भनी २२ आश्विन, २०७७ मा प्रकाशन गरेको सूचना खारेज लगायतको ४ बुँदे माग राखी विद्यार्थी प्रतिनिधिहरु शैलेश मिश्र, सृजना श्रेष्ठ आएशा शाक्य र सादाव खान लयायतका साथीहरुको अग्रसरतामा विश्वविद्यालयका विद्यार्थी साथीरुले गरेको रिले अनशन प्रति नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको पूर्ण समर्थन रहेको छ । विश्वविद्यालयमा नियमित रुपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न बहानामा शुल्क मात्र उठाउने प्रयोजन विश्वविद्यालयको हुनुहुन्न भन्ने मान्यतामा नेपाल विद्यार्थी संघ सॅधै अडिग छ । अझ यस्तो प्रतिकुल अवस्थामा समेत ढिलो शुल्क बुझाउॅदा लाग्ने थप चार्ज समेत लिइनु घोर आपत्तिजनक छ। काठामाण्डौ विश्वविद्यालयमा अध्ययनरत साथीहरुले राखेका सम्पूर्ण मागहरु तत्काल पुरा गर्नका लागि नेपाल विद्यार्थी संघ केन्द्रीय समिति, काठामाण्डौ विश्वविद्यालय समक्ष जोडदार माग गर्दछ । काठामाण्डौ विश्वविद्यालयले विद्यार्थी साथीहरुको जायज मागहरु प्रति उदासिनता देखाएको खण्डमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छु ।’