राजनीति

समाजबादी ओली सरकार बिरुद्धका हरेक मोर्चामा सहभागी हुन तयार छः अध्यक्ष यादब

upendra yadav

२५ कात्तिक, काठमाडौं । जनता समाजबादी दलका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीउधनको सुरक्षा गर्न नसकेको बताएका छन् ।
बीरगञ्जको पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादबले सरकारले हत्यारालाई कारबाहीगर्न नसकेर सर्बसाधारणको सुरक्षा गर्न नसकेको आरोप लगाएक छन् । उनले सरकारले कोरोना माहामारीका कारण पील्सिएका जनतालाई राहत दिनु त कता हो कता बरु राजनीतिक जोडघटाउमा लागेर अन्तै अल्मलिनु मुलुक र जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादबले जनता समाजबादी दल सरकार बिरुद्धका हरेक कृयाकलापमा मोर्चान्दी गरेर अगाडी बढ्न तयार हेको बताउँदै सरकार पछिल्लो समय आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताए । अध्यक्ष यादबले मुलुकको विकास निर्माणका लागि शिक्षित युवाहर सकृय भई राजनीति गर्नुपर्ने समय आएको भन्दै शिक्षित युवाहरुलाई राजनीति गर्न आग्रह गरे ।