राजनीति

झलनाथ भन्छन्, ‘ओली नआएपनि बैठक सर्दैन’, बैठक सार्ने प्रस्ताव प्रचण्डले गरे अस्वीकार !

२ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठक बुधबारलाई राखिएको छ । उक्त बैठक सार्न सहमती गराउन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने महासचिव बिष्णु पौडेल अध्यक्ष दहाल निवास खुमलटार पुगेका छन् ।
महासचिव पौडेलले प्रधानमन्त्रीसमेत रहेका केपीशर्मा ओलीको प्रस्तावअनुसार अध्यक्ष दहाललाई बैठक सार्न सहमती गराउन आग्रह गरेको समाचार छ । समाचारहरुका अनुसार बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग यस अघि नै छलफल गरेका प्रधानमन्त्रीलाई उनीहरुले बैठक राख्न भनेपनि अध्यक्ष दहाललाई नै भन्न पौडेल गएको बताईएको छ ।
पछिल्लो समय नेकपाका दुई अध्यक्ष ओली र दहालकोबीच पानी बाराबारको अवस्था देखिएको छ । उक्त पानीबाराबारको स्थीतिलाई शान्त पार्न सचिवालय सदस्यसमेत रहेका महासचिव पौडेल, गृहमन्त्री रामबहादुर थापा सकृय देखिएका छन् । अध्यक्ष दहालको सचिवालय समूहमा रहेका नेकपा बरिष्ठ नेता नेपालले बुधबारको सचिवालय बैठक कुनैपनि हालतमा नरोकिने स्पष्ट बताएक छन् । उनले उक्त सचिवालय बैठकमा अध्यक्ष ओली वा उनको समूह नआएपनि बैठकले निर्णय गर्ने सार्बजनिक रुपमा बताएका छन् ।
फुटको संघारमा पुगेको नेकपामा अध्यक्ष दहालको पक्षमा अहिलेसम्मलाई हेर्दा सचिवालय, स्थायी कमिटी र केन्द्रीय समिति सबैमा बहुमत देखिन्छ । अन्य कुराहरु बिग्रीएमा भने कस्को पल्ला भारी हुन्छ त्यसबेला नै थाहा हुने नेकपा नेताहरुको ठम्याई छ । अध्यक्ष दहाल ओलीसँग सबैभन्दा बढी चिढीएकाले उनले ३ गतेको बैठक सार्न महासचिव बैठकलाई ठाडै अस्वीकार गरेको दहाल निकट एक नेताले सुर्यखबरलाई बताए । वडा लेवलका कार्यकर्तासम्म ओली र दहालको बिबादले तहल्का मच्चाईसकेको बेला पार्टी फुट्ने वा ओलीले राजीनामा दिनेमध्ये एक हुने राजनिितक बिष्लेशकहरुको आँकलन छ ।बिगतदेखी नै प्रधानमन्त्रीको कार्यशैलीको बिरोधमा खरो उत्रिरहेका बरिष्ठ नेता खनालको संकेत अझ कडा हुँदै गएको छ ।